स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
arthasansar.com · Sun Aug 02 10:20:38 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्यमा नै सेयर उपलब्ध गराउन आग्रह गरेको छ । इप्पानले आयोजना प्रभावित बासिन्दालाई सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन माग गरेको हो ।
इप्पानले आइतबार जारी गरेको विज्ञप्तिमा केही जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवद्र्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)