मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बन्दाको भाउ बल्ल किलोको १२ रुपैयाँ

ekantipur.com · Mon Aug 21 01:04:38 GMT 2023

धनकुटा — तीन रुपैयाँ प्रतिकिलोमा बन्दा नबिकेर निराश किसानमा यतिबेला केही आशा पलाएको छ । गत महिना प्रतिकिलो तीन रुपैयाँमा नबिकेको बन्दाको भाउ एक सातादेखि उकालिएको हो । यस अवधिमा औसत मूल्य किलोको १२ रुपैयाँ पुगेको छ ।

धनकुटाको छथर जोरपाटी र तेह्रथुमको लालीगुराँस नगरपालिका क्षेत्रमा बेमौसमी तरकारीको उल्लेख्य उत्पादन हुन्छ । त्यसमा पनि बन्दाको कारोबार बढी हुने स्थानीय किसान बताउँछन् । एक सातादेखि मूल्य बढेकाले गत महिनाको जस्तो बारीमै कुहिएर खेर नजाने स्थानीय किसानको भनाइ छ । शनिबार सिधुवा तथा चित्रेमा १२ रुपैयाँमा किनबेच भएको मुख्य निर्यातकर्ता सिधुवा कृषि सहकारी भण्डारका सञ्चालक मेघेन्द्र गुरुङले जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)