सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ
kendrabindu.com · Sat Oct 03 04:59:24 GMT 2026

सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
एसपी थापाका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरेको हो। बरामद गाँजाको तौल गर्दा ११० किलो ७६० ग्राम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)