नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ विश्व बजारलक्षित गर्दै प्रदर्शनमा आउने
baahrakhari.com · Sun Aug 02 10:46:03 GMT 2026

काठमाडौं । हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी–एडभेन्चर चलचित्र ‘लस्ट इन मण्डला’ नेपालबाट विश्व बजारमा पुग्ने भएको छ । विश्वव्यापी दर्शकलाई लक्षित गरी निर्माण भइरहेको यो चलचित्रलाई नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा प्रस्तुत गरिएको छ ।
नेपालको मौलिक सांस्कृतिक परिवेशमा आधारित चलचित्रले मित्रता, करुणा, साहस र आत्मखोजीजस्ता विश्वव्यापी विषयलाई समेटेको छ । नेपाली कथा, मिथक तथा आध्यात्मिक परम्परालाई आधुनिक एनिमेसन र अन्तर्राष्ट्रिय चलचित्र निर्माणको अनुभवसँग जोड्दै चलचित्र तयार भइरहेको निर्माण पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)