बिरामी बोकेर घन्टौँ पैदलयात्रा
gorkhapatraonline.com · Sat Oct 03 05:08:45 GMT 2026

नवलपुरको हुप्सेकोट–६, पेलेगाको भिरबाट निरन्तर निस्केको धुवाँको अध्ययन गर्न खानी तथा भूगर्भ विभाग, धौवादी फलाम खानी कम्पनी लिमिटेड र विज्ञान प्रविधि तथा प्रज्ञा–प्रतिष्ठान (नास्ट) को टोली भदौ ३० गते नवलपुर आइपुग्यो । टोली सिधै जिल्ला प्रशासन कार्यालय पुग्यो तर टोलीलाई पेलेगासम्म कसरी पुर्याउने भन्ने विषय हुप्सेकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालयलगायत सबैको टाउको दुखाइको विषय थियो ।
काठमाडौँको टोली ‘फोर ह्विल’ गाडीमै आएको थियो तर ‘फोर ह्विल’ भए पनि गाडीको उचाइ कम भएको र चालकमा पहाडमा गाडी चलाएको अनुभवको कमीले उक्त गाडी पहाड लैजान नसक्ने निष्कर्ष निकालियो र अर्कै गाडीको बन्दोबस्त मिलाइयो । कैयौँ ठाउँमा ओर्लेर गाडी धकेल्दै टोली पेलेगा पुग्यो र फक्र्यो पनि तर हिलाम्मे पहाडको बाटो उक्लिन गाउँपालिका अध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेनाका जमदारलगायतले आफ्नै गाडी धकेलेको घटना चर्चाको विषय भयो । यो घटना अहिले धेरैले देखेकाले चर्चाको विषय भयो तर हुप्सेकोटको पहाडी भेगका बासिन्दाले यस्तो सास्ती दिनहुँ भोगिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)