सत्ता गठबन्धनको बैठक आजः पुन बस्दै
lokaantar.com · Wed Apr 20 00:50:44 GMT 2022
सत्ता गठबन्धनको बैठक बुधबार पुनः बस्दैछ । गएराति अबेरसम्म चलेको बैठकले पनि वैशाख ३० गतेको चुनावमा भागबण्डाको विषयमा अन्तिम निर्णय लिन नसकेपछि बुधबार बिहान ११ बजे पुनः बैठक बस्ने भएको हो । सत्ता गठबन्धन दलमा विशेषगरी महानगर र उपमहानगरको विषयमा सहमति करिब जुटिसकेको बताइएको छ। अन्य विषयमा पनि सहमति जुटाउन होमवर्क चलिरहेको नेताहरुको भनाइ छ ।
गठबन्धनभित्र तीन महानगरपालिका र ७ वटा उपमहानगरपालिकामा काँग्रेसले मेयर पाउने मोटामोटी सहमति भएको छ । महानगरपालिका काठमाडौं, ललितपुर र विराटनगर काँग्रेसको भागमा परेको छ । यस्तै उपमहानगरमा इटहरी, धरान, कलैया, नेपालगञ्ज, धनगढी, बुटवल र तुल्सीपुरको मेयर पनि काँग्रेसले पाउने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)