‘मानवअधिकार रक्षाका लागि तीनै तहका सरकारले काम गर्नुपर्छ’
ekagaj.com · Fri Aug 11 16:09:03 GMT 2023
जनकपुरधाम- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानव अधिकारको रक्षाका लागि तीनै तहका सरकारले इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेशको कार्यालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय 'मानव अधिकारको विश्वव्यापी आवधिक पुनरावलोकनबाट प्राप्त सिफारिस र पाँचौँ राष्ट्रिय कार्ययोजना' सम्बन्धी छलफल कार्यक्रममा सभामुख मण्डलले मष्तिष्क र हृदयलाई साक्षी राखेर तीनै तहका सरकारले काम गरे मानवअधिकारको रक्षा हुन सक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)