मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चुनिइन् आरजु राणा

kendrabindu.com · Sat Oct 03 05:28:26 GMT 2026

धनगढी । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा धनगढीबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा अघि बढाइरहेको महाधिवेशन प्रक्रियाअन्तर्गत राणा क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्।

धनगढी उपमहानगरपालिका–४ बाट उनी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी हुन्। लामो समयदेखि विदेशमा रहेकी राणालाई वडा अधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधि बनाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)