माछापुच्छ्रे बैङ्कले ग्राहक सेवामुखी च्याटबट ‘माया’ सार्वजनिक गर्यो
hamrakura.com · Sat Oct 03 00:00:00 GMT 2026

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले ग्राहकलाई अझ सुलभ, सहज तथा ग्राहक केन्द्रित बैङ्किङ सेवा दिने आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप ग्राहक सेवामुखी च्याटबट ‘माया’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ। बैङ्कको आधिकारिक वेबसाइट www.machbank.com मा मायाको आइकन देख्न सकिन्छ र यही माध्यमबाट ग्राहकहरूले आफ्नो व्यक्तिगत च्याट राख्न सक्नेछन्।
ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको माया एक अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो। सामान्य बैङ्किङ सम्बन्धी जानकारीका लागि शाखा जानुपर्ने वा बैङ्कका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले माया प्रणाली विकास गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)