मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

राहत गोदाम नहटेपछि विद्यालयको पठनपाठन प्रभावित

annapurnapost.com · Sat Oct 03 05:22:24 GMT 2026

रसुवा : उत्तरगया गाउँपालिका–५ मा निलकण्ठ माविमा बाढी प्रभावितका लागि राहत संकलन तथा वितरण केन्द्रका सामग्रीहरू अन्यत्र नसार्दा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

वरिपरि भवन नै भवन, बीचमा ठूलो चौर र खेलमैदान रहेको छ । मैदानभरी गाडी, म्याटको थुप्रो, राहत सामग्रीका बोरा र बाकसहरू मात्र होइन, त्रिपालले छोपेर राखिएका राहत सामग्रीको थुप्रो रहेको छ ।विद्यालयसँग धेरै कोठाहरू छन् । विद्यार्थी पढाउनुपर्ने कोठामा राहत सामग्रीको थुप्रो रहेपछि विद्यार्थी पढाउन कोठा नै नपुगेको शिक्षक राजन न्यौपानेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)