टर्कीमा नवजात शिशु र आमाको ९० घण्टापछि उद्धार
baahrakhari.com · Fri Feb 10 16:51:00 GMT 2023
इस्तानबुल । टर्कीमा सोमबार सात दशमलव आठ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ । दक्षिणी हाताए प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्चाको जीवित उद्धार गरिएको हो ।
अनलाइनमा राखिएको भिडियो फुटेजमा रातको समयमा ती बच्चालाई निकै होसियारपूर्वक भग्नावशेषबाट निकालिएको देखिन्छ । स्थानीय सञ्चारमाध्यमले यसलाई चामत्कारिक घटनाको संज्ञा दिएका बीबीसी ले लेखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)