हापुरखोलाको पुल निर्माण हुँदै
gorkhapatraonline.com · Sat Oct 03 05:43:58 GMT 2026

दाङको घोराही–तुलसीपुर सडक अन्तर्गत निर्माणाधीन पुलको कामले गति लिन थालेका छन् । ठेक्का सम्झौता भएर सुस्त गतिमा काम भइरहेको सो पुलको कामले पछिल्लो समय भने गति लिएको छ ।
हापुरखोलामा निर्माणाधीन चार लेन पुलको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ । ठेक्का सम्झौता अनुसार २०८४ पुस २८ गतेसम्म सक्नुपर्ने पुल निर्माणको काम करिब आधा भएको छ । चार लेन पुल निर्माणका लागि २०७९ असार २९ गते २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँमा शर्मा सगुन जेभी रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८२ पुस महिनामा पुल निर्माणको काम सकिनुपर्ने भए पनि काम नै सुरु नभएपछि दुई वर्षका लागि म्याद थप गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)