आधिकारिक अधिवेशन बाहिरका गतिविधिमा संलग्न भए कडा कारबाही गर्ने अनुशासन समितिको चेतावनी
barnanmedia.com · Sat Oct 03 05:39:39 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षले पार्टीको नीति र अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक अधिवेशनभन्दा बाहिरका अनाधिकारिक प्रक्रिया र समानान्तर गतिविधिमा संलग्न हुनेहरूलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको हो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको समानान्तर अधिवेशनलाई लक्षित गर्दै अनुशासन समितिले पार्टी हित प्रतिकूलका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका पदाधिकारी, निर्वाचित प्रतिनिधिदेखि साधारण क्रियाशील सदस्यसम्म कसैलाई पनि अनुशासन उल्लङ्घन नगर्न कडा निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)