अफगानिस्तानमा महिलाले अर्थशास्त्र र पत्रकारिता पढ्न नपाउने
thahakhabar.com
तालिबानले महिलालाई विश्वविद्यालयका धेरै विषयमा प्रतिबन्ध लगाएको छ। अधिकांश किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएको एक वर्षपछि अफगानिस्तानमा तालिबानले सार्वजनिक विश्वविद्यालयमा महिलाले भर्ना गर्न सक्ने पाठ्यक्रममा व्यापक प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।
महिलालाई पत्रकारिता, कृषि, पशु चिकित्सा, इन्जिनियरिङ वा अर्थशास्त्र जस्ता विषयहरू लिन प्रतिबन्ध लगाएको हो। तालिबानले पुरुषले रोज्न सक्ने विषय समेत सीमित बनाएको छ। प्रवेश परीक्षामा पुगेकी पूर्वी अफगानिस्तानको लघमान प्रान्तका १९ वर्षीया एक युवतीले पत्रकारितामा आफ्नो भविष्य बनाउने सपना तालिवान शासकको नयाँ आदेशका कारण संकटमा परेको बताएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)