साफ गुम्ने त्रास
nepalnews.com · Sun Aug 02 11:15:41 GMT 2026
सन् २००८ मा मकाउविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबल यात्रा सुरु गरेका नेपालका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीका लागि खेल्न थालेको करिब १८ वर्ष बितिसकेको छ। हाल ३६ वर्षका किरण आफ्नो खेल जीवनको उत्तरार्धमा छन् र सम्भवतः अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासनजिक पुगेका छन्। तर, सन्न्यासअघि उनको एउटा सपना अझै अधुरो छ– नेपाललाई साफ च्याम्पियनसिपको उपाधि जिताउनु।
उनी सधैँ आत्मविश्वासका साथ भन्ने गर्छन्, “हामीले एकदिन अवश्य साफ च्याम्पियनसिप जित्नेछौँ। त्यसका लागि पहिले फाइनलसम्म पुग्नुपर्छ।” उनकै कप्तानीमा नेपालले सन् २०२१ मा माल्दिभ्समा आयोजित साफ च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो। यद्यपि, उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेतामै सीमित रह्यो। त्यसपछि भएको साफको पछिल्लो संस्करणमा भने नेपाल समूह चरणबाटै बाहिरियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)