तीन महिनादेखि नेतृत्वविहीन केयू, नयाँ उपकुलपति कहिले ?
onlinekhabar.com · Sun Aug 02 11:28:10 GMT 2026

१७ साउन, काठमाडौं । तीन महिना भयो, काठमाडौं विश्वविद्यालयले उपकुलपति पाएको छैन । नयाँ उपकुलपति नहुँदा केयूको महत्त्वपूर्ण निर्णयहरू रोकिएका छन् । अध्यादेशबाट उपकुलपति पदमुक्त भएपछि केयूमा नयाँ नियुक्तिमा ढिलाइ हुँदा काम प्रभावित भएको प्राध्यापक र कर्मचारीको गुनासो छ ।
नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढे पनि नियुक्तिमा भने विलम्ब भएको छ । उपकुलपतिको नाम सिफारिस गर्न केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा १९ जेठमा कमिटी गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)