मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुन्दे गाउँको सरल जीवन

saralpatrika.com · Sat Oct 03 05:45:20 GMT 2026

खुम्जुङ गाउँमा ‘यतीको टाउको’ र हिलारी स्कुलको कथा सुनिसकेपछि खुम्बिलाको फेदी हुँदै अर्को पाखोमा रहेको खुन्दे गाउँतर्फ हाम्रा पाइला अगाडि बढ्छन्। यी दुई गाउँलाई ‘जुम्ल्याहा गाउँ’ पनि भनिन्छ।

खुम्जुङ काटिसकेपछि हाम्रा पाइला र आँखाहरू खुन्देको बाटोतर्फ सीधा सोझिन्छन्। हिमाली सुवास र प्रकृतिको सुस्केरामा समय कतै टक्क अडिएजस्तै लाग्छ। यार्बु शेर्पा भाइका पदचापहरू पछ्याउँदै गर्दा मेरो मन बाटोका ढुङ्गा, माटो र लेकाली हावासँग लुकामारी खेलिरहेको हुन्छ। हिमाली भेगको यो निर्जन ठाउँमा अनौठो सङ्गीत लुकेको हुँदोरहेछ, जुन शान्त मनले मात्र सुन्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)