कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
ratopati.com · Sat Oct 03 05:52:30 GMT 2026

कंगो । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्ला केही सातायता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ।
कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट केही सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)