कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतक चार हजार नाघे
gorkhapatraonline.com · Sat Oct 03 06:05:10 GMT 2026

लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा घट्दो देखिए पनि प्रकोप अझै नियन्त्रणमा आइसकेको छैन । पछिल्लो सरकारी तथ्याङ्कअनुसार संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ ।
कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सात प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म आठ हजार तीन सय जनामा इबोला संक्रमण पुष्टि भएको छ भने चार हजार १८ जनाको मृत्यु भएको छ । दुई हजार १६२ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)