कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने अजयबाबु शिवाकोटीको तयारी
kendrabindu.com · Sat Oct 03 06:07:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेस १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा शुरू हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आएका उनी गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । १४ औँ महाधिवेशनमा उनी निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)