आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै
ratopati.com · Sat Oct 03 06:10:18 GMT 2026

काभ्रेपलाञ्चोक । यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ । वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामनासहित यो व्रत बस्ने परम्परा रहिआएको छ ।
व्रत अवधिभर श्रद्धालुहरूले दैनिक स्नान गरी महालक्ष्मीको पूजा-आराधना, दीप प्रज्वलन तथा सात्विक नियमको पालना गर्दै आएका छन् । यस अवधिमा संयमित जीवनयापन गर्दै ब्रह्मचर्य पालना गर्ने, भूमिमा शयन गर्ने, फलाहार भोजन गर्ने र दैनिक साँझमा चन्द्रमालाई अघ्र्य दिने परम्परा रहिआएको ज्योतिष एवं पुराणवाचक हरिहर सुवेदीले जानकारी दिए । उनका अनुसार व्रतको अन्तिम अर्थात् १६औँ दिन आज श्रद्धालुहरूले विशेष धार्मिक विधिपूर्वक ‘उद्यापन’ गरी व्रत पूरा गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)