मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्लाई दुबई प्रकरण : पाइलटमाथि आक्रमण गर्ने अभियुक्त को हुन् ?

nagariknews.nagariknetwork.com · Sat Oct 03 05:51:59 GMT 2026

दुबईबाट तेल अभिव जाँदै गरेको फ्लाई दुबईको उडानमा भारतीय पाइलट क्याप्टेन स्मित मछारमाथि आक्रमण गर्ने सह-पाइलटको पहिचान हमाम अल-हमामीको रूपमा गरिएको छ। उनी ओमानका हुन्। साउदी अरेबियाको समाचार एजेन्सी अल अरेबिया इङ्लिसका अनुसार उनी लामो समयदेखि सिरियामा बस्दै आएका थिए, जहाँ उनी कट्टरपन्थी विचारबाट प्रभावित भएको बताइएको छ।

इजरायलको च्यानल १२ को रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले अल-कायदा विचारधारामा उनको प्रभावको प्रमाण फेला पारेका छन्। स्रोतहरूलाई उद्धृत गर्दै आई २४ समाचारले दाबी गरेको छ कि सोधपुछका क्रममा अल-हमामीले इजरायलमा विमान दुर्घटना गराउन चाहेको बताएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)