अर्थमन्त्री वाग्लेको दौडधुप : भारत र दोहापछि अमेरिका प्रस्थान
ratopati.com · Sat Oct 03 06:26:18 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको विदेश दौडधुप बाक्लिएको छ । असोज १ गतेदेखि तीन दिने भारत भ्रमण सकाएर फर्केका अर्थमन्त्री बाग्ले असोज १० गते दोहा प्रस्थान गरेका थिए । अमेरिकाबाट प्रधानमन्त्री वालेन्द्र शाह फर्केकै दिन उनी दोह ा उडेका थिए ।
दोहाबाट उनी असोज १४ गतेका स्वदेश फर्केका थिए । दुई दिन बसेर उनी हिजो अर्थात असोज १६ गते राति अमेरिका प्रस्थान गरेका छन् । दुई दिनपछि अमेरिकाबाट फर्केपछि उनी सम्भवतः ३० गते बैंकक प्रस्थान गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)