भीओआईपी उपकरणसहित ४ जना पक्राउ
onlinekhabar.com · Sun Aug 02 12:10:05 GMT 2026

१७ साउन, काठमाडौं । भीओआईपी उपकरणसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोरखाको अरिजकोट गाउँपालिका–५ का २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौंको शंकरापुर नगरपालिका–१ का २० वर्षीय मुना श्रेष्ठ, कन्चनपुरको कृष्णनगर नगरपालिका–७ का २१ वर्षीय जेनित झुकाल र भक्तपुरको सूर्यविनाय नगरपालिका–१ का ३४ वर्षीय कृष्ण नगरकोटी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)