‘हिन्दू राष्ट्र’ को एजेन्डा नछोडेको सम्राट सेनाको भनाइ, गृहमन्त्रीले आश्वासन दिएको दाबी
nepalpress.com · Sun Aug 02 12:19:55 GMT 2026

जनकपुरधाम । गत साउन १० गते सुनसरीको देवागञ्ज गाउँपालिका वडा ३ कप्तानगञ्जमा झण्डाको विषयमा सुरु भएको सामान्य विवादले साम्प्रदायिक द्वन्द्वको रूप लियो । यस क्रममा मधेश प्रदेशका सिरहा र धनुषामा तनावपूर्ण स्थिति सिर्जना भयो भने चार जिल्लामा हाइ अलर्ट जारी गरियो ।
सुनसरी घटनापछि मधेशमा चर्किएको आन्दोलनलाई मत्थर पार्न गृहमन्त्री सुधन गुरुङ दलवलसहित जनकपुरधाम आइपुगे । उनी शनिवार जनकपुर पुग्ने वितिक्कै हिन्दुवादी मोर्चासँग छलफलमा जुटे । छलफल शनिवार र आइतबार गरी दुई दिन चल्यो । पहिलो दिनको वार्ता निष्कर्षविहीन सकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)