मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीकाे प्रश्न : ‘काठमाण्डाैका मेयरले सिंहदरबारकाे फाेहाेर उठाउँदिनँ भन्न मिल्ला कि नमिल्ला ?’

Ujyaaloonline.com · Sat Apr 15 00:09:28 GMT 2023

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाण्डाै महानगरपालिकाले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउँदिनँ भन्न नमिल्ने दाेहाेर्‍याउनुभएकाे छ ।

श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे । कुनै एउटा सन्दर्भलाई लिएर काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले भनेको प्रसङ्गलाई उद्धृत गर्दै उहाँले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोचिदिन पनि आग्रह गर्नुभयो । यसअघि गएकाे साेमवार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काठमाण्डाैका मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? भनेर प्रश्न गर्नुभएकाे थियाे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)