मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि उद्यमीलाई भूमिगत जल सिँचाइमा प्राथमिकता

gorkhapatraonline.com · Sat Oct 03 07:00:44 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलता प्रवर्द्धन गर्न विशेष भूमिगत जल सिँचाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवासहित महिला, आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक तथा पिछडिएको क्षेत्रका कृषकलाई प्राथमिकता दिइने भएको छ ।

विभागले कार्यक्रम कार्यान्वयनका लागि ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ । भूमिगत जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व बढाउने, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने र योजना छनोट तथा कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउने उद्देश्यले दिग्दर्शन तयार गरिएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)