मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रिलायन्स फाइनान्सको २१औं शाखा बुटवलको अमरपथमा

abhiyandaily.com

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बुटवल उपमहानगरपालिका–६ अमरपथमा २१औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट गत वैशाख १५ गतेदेखि नै कारोबार हुँदै आएको कम्पनीले बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त यस कम्पनीले २०६६ मंसिर गतेदेखि कारोबार शुरू गरेको थियो । कम्पनीले यसअघि काठमाडौंको प्रदर्शनीमार्गस्थित मुख्य शाखा कार्यालयसहित न्यूरोड, सीतापाइला, इमाडोल, नारायणगढ, पोखरा, बेसीशहर, बनेपा, आरुघाट, चारआली, गोरखा बजार, मणिग्राम, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरिया, दमक, बिर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालयमाफत वित्तीय कारोबार गर्दै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)