रुस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्य खोजिँदै
farakdhar.com · Sat Aug 23 16:26:13 GMT 2025

रुस र संयुक्त राज्य अमेरिकाबीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् । यो सहकार्य रुसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उनले जनाएका छन् ।
निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रुसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)