मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अक्षय कुमारलाई पछि पारे बोनी कपुरले

rajdhanidaily.com · Tue Jan 30 23:25:40 GMT 2024

मुम्बई । ग्रेटर नोएडा यमुना अथोरिटीको सेक्टर २१ मा बनिरहेको फिल्म सिटीको निर्माण कार्य अभिनेता अक्षय कुमारको हातबाट खोसिएको छ । यो फिल्म सिटीको ग्लोबल टेन्डर निर्माता बोनी कपुरले पाएका छन् । यो फिल्म सिटी निर्माणमा ढिलाइ भए उनले दैनिक १० लाख रुपैयाँ जरिमाना तिर्नुपर्नेछ ।

ग्रेटर नोएडा फिल्म सिटी उत्तर प्रदेशको महत्वाकांक्षी परियोजनामध्ये एक हो । पहिलो चरणमा २३० एकडमा फिल्म सिटी निर्माण गर्न लागिएको हो । जसका लागि चार कम्पनीले आवेदन दिएका थिए । जसमध्ये बलिउड अभिनेता अक्षयकुमार यो टेन्डरमा अग्रपंक्तिमा थिए । यो टेन्डरमा बोनी कपुरले अक्षय कुमारलाई पछि पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)