अस्ट्रेलिया छैटौँ पटक महिला टी-२० विश्व कप क्रिकेटको च्याम्पियन, दक्षिण अफ्रिका १९ रनले पराजित
Ujyaaloonline.com · Mon Feb 27 00:47:18 GMT 2023
काठमाण्डाै - अस्ट्रेलियाले छैटौँ पटक महिला टी-२० विश्व कप क्रिकेटको उपाधि जितेको छ ।
केपटाउनमा गएराति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)