मुस्ताङ भन्सार सुचारु, कन्टेनर जाँचपास
gorkhapatraonline.com · Sat Oct 03 07:39:48 GMT 2026

अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डको पूर्वाधारसँगै विद्युत् र सञ्चार सेवा अवरुद्ध भएपछि ठप्प भएको मुस्ताङ भन्सार कार्यालयको सेवा सुचारु भएको छ ।
असोज ८ गतेदेखि १२ गतेसम्म भएको वर्षाका कारण भन्सार कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको थियो । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा रहेको भन्सार कार्यालयमा विद्युत् र इन्टरनेट अवरुद्ध भएपछि भन्सार जाँचपास, राजस्व भुक्तानी तथा क्वारेन्टाइनका सेवा प्रभावित भएका थिए । अहिले आंशिक रूपमा समस्या समाधान भएपछि सेवा सुरु गरिएको कार्यालय प्रमुख विदुर चुडालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)