साफ च्याम्पियनसिपको ड्रमा नेपाल नपरेपछि खेलाडीको चिन्ता, तत्काल विवाद मिलाउन आग्रह
nagariknews.nagariknetwork.com · Sun Aug 02 13:26:56 GMT 2026
बंगलादेशको ढाकामा आगामी कार्तिक १८ (नोभेम्बर ४) गते सुरु हुने साफ च्याम्पियनसिपको ड्रमा नेपालको नाम समावेश नभएपछि खेलाडीहरुले चिन्ता व्यक्त गरेका छन्।
अखिल नेपाल फुटबल संघ एन्फालाई फिफाले निलम्बन गरेपछि साफ च्याम्पियनसिपको ड्रमा नेपालको नाम समावेश छैन। एएफसीले शनिबार सार्वजनिक गरेको खेल तालिकाको समूह एमा बंगलादेश, श्रीलंका र भुटान तथा समूह बीमा भारत, पाकिस्तान र माल्दिभ्स छन्। फिफाले एन्फाको निलम्बन सेप्टेम्बर एकभित्र फुकुवा गरेमात्र नेपालले साफ खेल्न पाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)