एनसेल सिमकार्ड मार्फत अवैध कल बाइपास गरेको आरोपमा ४ जना पक्राउ, सँगसँगै अवैध सट्टेबाजीको आरोप
techpana.com · Sun Aug 02 13:29:23 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको र अनलाइन सट्टेबाजी (बेटिङ) मा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरूले दूरसञ्चार ऐनको उल्लङ्घन गर्दै भारी मात्रामा एनसेलका सिमकार्डहरू दुरुपयोग गरी अवैध सञ्चार सञ्जाल खडा गरेको खुलेको छ । सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी अनुपम शमशेर जबराका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले कल बाइपासका उपकरणहरू प्रयोग गर्नुका साथै NPR77casino.com, IME88.com र Khalti88.com जस्ता अवैध सट्टेबाजी एप तथा वेबसाइटहरूमा समेत प्रयोग गरिरहेको खुल्न आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)