मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वअध्यक्षलाई अभिभावकीय भूमिका निर्वाह गर्न राप्रपाका असन्तुष्ट नेताहरूको आग्रह

ratopati.com · Sat Aug 23 16:56:00 GMT 2025

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट नेताहरूले पार्टीभित्रको विवाद समाधानका लागि पूर्वअध्यक्षहरूलाई सक्रिय भई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनीहरूले निष्पक्ष वातावरणमा महाधिवेशन सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

असन्तुष्ट समूहले हालै पार्टीका तीन पूर्वअध्यक्षहरू-लोकन्द्रबहादुर चन्द, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेट गरी पार्टीभित्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन्। उनीहरूले विधान विपरीत एकल नेतृत्वको अभ्यास भइरहेको र यसले सङ्गठनमा सङ्कट निम्त्याएको आरोप लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)