संघर्ष गर्दा माओवादीले इतिहासमा डरलाग्दो धम्की झेलेको छ : प्रचण्ड
nepalghatana.com · Sat Mar 12 17:15:12 GMT 2022
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र आफूले देशका लागि संघर्ष गर्दा डरलाग्दो धम्की झेलेको बताउनुभएको छ। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो।
राष्ट्रिय स्वाधीनताको पक्षमा कसैको दबाब र धम्कीसँग नझुकी संविधान निर्माण गर्दा आफूले डरलाग्दो दबाब र धम्की झेलेको उहाँको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)