मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मेनपावरमार्फत युएई गएका सात नेपाली श्रमिक उद्धार, सुरक्षित रूपमा नेपाल फर्काइए

ratopati.com · Sat Aug 23 17:10:00 GMT 2025

काठमाडौँ। रोजगारीका लागि युएई पुगेका सात नेपाली श्रमिकलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूएईको पहलमा उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ। मेनपावरमार्फत युएई पुगेका उनीहरू सम्झौताअनुसार काम र सुविधा नपाएपछि सडकमा अलपत्र परेका थिए।

एनआरएनए यूएईका अध्यक्ष विकास शाही र उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीको समन्वयमा उद्धार प्रक्रिया अघि बढाइएको सङ्घका प्रवक्ता रुद्र थापाले जानकारी दिए। उनका अनुसार संस्थाले चार जनाको हवाई टिकट उपलब्ध गराएको हो भने बाँकी तीन जनाको टिकट समाजसेवी सबिन तामाङको सहयोगमा जुटाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)