आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएकाे छ : उपेन्द्र यादव
ratopati.com · Sat Oct 03 08:19:33 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन् । प्राप्त उपलब्धिको रक्षाका लागि, अधिकार र पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए ।
जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले नेपालमा अझै पनि मधेसी उत्पीडनमा रहेको धारणा राखे । अब आफ्नो अधिकारका लागि सबै मिलेर सङ्घर्ष गर्नुपर्ने बताउँदै उनले जनमत पार्टी र जसपा नेपालको धेरै कुरामा समानता रहेको धारणा राखे । यति समानता रहँदा पनि एक साथ किन नरहेको भन्दै उनले अब एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)