अधिकारका लागि एकता आवश्यक छ : जयसवाल
ratopati.com · Sat Oct 03 08:29:44 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता अशोक जयसवालले उत्पीडित जनताको मुक्तिको लागि अग्रगामी मोर्चा गठन भएको बताउँदै अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । शनिबार जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले साे कुरा बताएका हुन् ।
उनले एक्ला एक्लै लडेर अधिकार प्राप्त नहुने भएकाले सबै उत्पीडित समुदाय एक हुनुपर्ने कुरामा जोड दिए । तराई मधेसका जनताको अधिकार र पहिचानका लागि सङ्घर्ष गर्ने गरी महाधिवेशनले नीतिगत निर्णयहरू गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले महाधिवेशनबाट अध्यक्षमा चयन हुन लागेका डा.सिके राउतलाई बधाई तथा शुभकामना दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)