इलाका प्रशासन कार्यालयबाट डेढ महिनामै एक सय ९४ जनाले सेवा पाए
gorkhapatraonline.com · Sat Oct 03 08:33:58 GMT 2026

ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएको डेढ महिना नपुग्दै झण्डै दुई सय जना नागरिकले सेवा लिएका छन् । सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा कार्यालय स्थापना भएको ४३ औँ दिनसम्म आइपुग्दा एक सय ९४ जना नागरिकले सेवा लिएका हुन् ।
गएको भदौ ५ गतेबाट सेवा प्रारम्भ गरेको छोटो अवधिमै उक्त सङ्ख्यामा स्थानीयले सेवा लिएको कार्यालय प्रमुख श्यामलाल पन्थीले बताउनुभयो । उहाँका अनुसार १ सय १८ जनाले नयाँ नागरिकता लिएका छन् भने ७१ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)