१५औँ महाधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ : प्रकाशशरण महत
kendrabindu.com · Sat Oct 03 08:34:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । उनले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले नै आगामी महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने धारणा स्पष्ट रहेको बताए ।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व निर्वाचित भएको र अब १५औँ महाधिवेशन पनि उनकै नेतृत्वमा सम्पन्न हुने बताए । उनका अनुसार त्यसपछि देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नेछन् । देउवा पक्षले १५औँ महाधिवेशनका लागि वडा तहदेखि प्रक्रिया अघि बढाइसकेको सार्वजनिक विवरणसमेत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)