विघटनको यात्रामा व्यक्तिवादी रोमाञ्च
ratopati.com · Sat Oct 03 08:39:23 GMT 2026

राजनीति केवल पदको खेल होइन, विचारको सङ्घर्ष हो। सङ्गठन केवल मानिसहरूको जमघट होइन, निश्चित राजनीतिक उद्देश्य, कार्यक्रम, अनुशासन र वर्गीय दृष्टिमा सङ्गठित शक्ति हो। र, कम्युनिस्ट आन्दोलन कुनै व्यक्तिको निजी प्रतिष्ठा निर्माण गर्ने मञ्च होइन, यो श्रमिक वर्ग र उत्पीडित जनसमुदायको मुक्ति, सामाजिक रूपान्तरण र शोषणमुक्त समाज निर्माणको ऐतिहासिक परियोजना हो।
त्यसैले कम्युनिस्ट आन्दोलनभित्र उठ्ने प्रत्येक राजनीतिक प्रश्नलाई यही आधारबाट हेर्नुपर्छ। जब विचारको ठाउँ व्यक्तिले लिन थाल्छ, जब सामूहिक निर्णयको ठाउँ व्यक्तिगत दाबीले लिन थाल्छ, जब सङ्गठनको ठाउँ गुटले लिन थाल्छ र जब वर्गीय उद्देश्यको ठाउँ पद-प्रतिष्ठाले लिन थाल्छ, त्यहाँ सङ्कट केवल नेतृत्वको सङ्कट रहँदैन, त्यो सङ्गठनको वैचारिक चरित्रमाथिको सङ्कट बन्छ। यही सङ्कटको गहिरो रूप हो– विघटनको यात्रामा व्यक्तिवादी रोमाञ्च।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)