एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण
lokpath.com · Sun Nov 13 16:48:46 GMT 2022
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।
जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनएका कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिइन् । एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)