दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
kendrabindu.com · Sat Oct 03 08:49:10 GMT 2026

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो ।
रङरोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले राससलाई जानकारी दिए । उनका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)