जापानीज इन्सेफलाइटिसबाट १३१ जनामा संक्रमित
annapurnapost.com · Sat Oct 03 08:44:31 GMT 2026

काठमाडौं : जापानीज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपालमा सन् २०२६ मा हालसम्म १ हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको र तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस (जेई) पुष्टि भएको हो।
जेई सङ्क्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ। सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ। हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको छ। अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)