मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोठा तताउन कोइला बालेर सुत्दा…

lokaantar.com · Fri Dec 31 00:17:03 GMT 2021

बाँकेको नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मातहतको मेडिकल स्टोरको क्वार्टरमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय धनप्रसाद भट्टराईलाई सोही कार्यालयका फार्मेसी अधिकृत धर्मेन्द्र न्यौपानेले धेरैपटक सम्पर्क गर्न खोजे । उनले भट्टराईलाई खोजी गर्नुको मुख्य कारण थियो, मेडिकल स्टोरको तापक्रम यथावत् राख्न जेनेरेटर चलाइराख्नुपर्ने अवस्था । जेनेटर चलाउने जिम्मा थियो धनप्रसादको । यो कामका लागि फार्मेसी अधिकृत न्यौपानेले धनप्रसादलाई बिहीबार बिहान साढे ५ बजेदेखि नै खोजेका थिए ।

जेनेरेटरमा तेल राख्न फोन गर्दा नउठेपछि न्यौपाने आफंै उनी बस्दै आएको क्वार्टरमा पुगे । उनले ढोका ढकढकाए । तर खुलेन । पटकपटकको ढ्याक ढ्याकपछि धनप्रसाद पत्नी सुशीलाले ढोका खोलिन् । त्यसपछि त्यहाँको अवस्था जे देखियो त्यो आफंैमा अकल्पनीय थियो । कोठाभित्र भट्टराईसहित ६ जना ढलिरहेका थिए । ढोका खोल्न आइपुगेकी धनप्रसाद पत्नी सुशीला पनि घाइते थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)