सङ्कटमा इटालियन फुटबल
ratopati.com · Sat Oct 03 09:15:00 GMT 2026
विश्व फुटबलमा इटालीको नामसँग जोडिने परिचय लामो समयसम्म उपाधि, रणनीति, बलियो डिफेन्स र ठुला प्रतियोगितामा निर्णायक प्रदर्शन थियो। चारपटकको विश्वकप विजेता इटालीले २०२१ मा युरोपियन च्याम्पियनसिपसमेत जितेको थियो।
तर पछिल्लो दशक त्यही टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन सकेन। सन् २००६ मा चौथोपटक विश्वकप जितेपछि इटालीले त्यसपछिका पाँच विश्वकपमध्ये तीनमा सहभागिता जनाउन सकेन। २०१८, २०२२ र २०२६ को विश्वकपमा उसको अनुपस्थिति संयोग मात्र हो कि घरेलु फुटबल प्रणालीमै गहिरो समस्या पनि हो भन्ने गम्भीर प्रश्न उठिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)