मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको छ : कुलमान घिसिङ
ratopati.com · Sat Oct 03 09:20:55 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको आजदेखि सुरु भएको महाधिवेशनमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।
उनले मधेसमा अधिकारका लागि थुप्रै सङ्घर्ष भएको र केही प्राप्त पनि भएको तर त्यो कार्यान्वयन भयो कि भएन भनेर समीक्षा हुन आवश्यक रहेको बताए । विगतको चुनावका बारेमा पनि समीक्षा हुनु आवश्यक रहेको बताउँदै उनले अब के गर्न सकिन्छ भन्नेतर्फ पनि गम्भीर समीक्षा हुनुपर्ने सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)