म्याग्दी नदी कटान रोक्न मङ्गलाघाटमा नयाँ संरक्षण पर्खाल
nepalbahas.com · Mon Jun 29 09:00:45 GMT 2026

म्याग्दी नदी कटान रोक्न मङ्गलाघाटमा नयाँ संरक्षण पर्खाल
१५ असार, म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मङ्गलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो । मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)