कुष्ठरोग पहिचान गर्न लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
ratopati.com · Sat Oct 03 09:44:27 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहे पनि नयाँ बिरामीको पहिचान र उपचारमा थप प्रभावकारी पहल आवश्यक रहेको बताएका छन् ।
नेपाल कानुन समाजले शुक्रबार बुटवलमा आयोजना गरेको ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षमा प्रदेशका सबै जिल्लामा छाला रोग पहिचान अभियान सञ्चालन गरिने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)